क्याडर पन्छाउँदै अर्थमन्त्रीको ‘सर्जिकल’ हेरफेर : भन्सार र राजस्व विभागमा मन्त्रालयबाहिरबाट ल्याइए महानिर्देशक

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार र राजस्व प्रशासनका परम्परागत क्याडरलाई पन्छाउँदै अर्थ मन्त्रालय मातहतका दुई प्रमुख राजस्व संकलन गर्ने निकायको नेतृत्व मन्त्रालयबाहिरबाट सरुवा गरिएका सहसचिवलाई सुम्पिएका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार, अर्थ मन्त्रालयमा सरुवा गरिएका सहसचिव यमलाल भुषाललाई भन्सार विभागको महानिर्देशक तथा डा. भीष्मकुमार भुषाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

अर्थ मन्त्रालयका अनुसार, भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई मन्त्रालयबाहिर सरुवा गरिएको छ। उनको स्थानमा यमलाल भुषाललाई विभागको नेतृत्व दिइएको हो। यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन्।

त्यसैगरी, मुलुकको कर प्रशासन सञ्चालन गर्ने प्रमुख निकाय आन्तरिक राजस्व विभागको नेतृत्व पनि परिवर्तन गरिएको छ। विभागका निमित्त महानिर्देशक रमेश अर्याललाई अर्थ मन्त्रालयबाहिर सरुवा गर्दै डा. भीष्मकुमार भुषाललाई महानिर्देशकको जिम्मेवारी दिइएको छ।

दुवै विभाग सरकारका सबैभन्दा बढी राजस्व संकलन गर्ने निकायका रूपमा चिनिन्छन्। भन्सार विभागले आयात–निर्यातसँग सम्बन्धित राजस्व व्यवस्थापन गर्ने भने आन्तरिक राजस्व विभागले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा अन्य आन्तरिक कर प्रशासनको जिम्मेवारी सम्हाल्ने गर्दछ।

अर्थमन्त्री वाग्लेले दुवै विभागको नेतृत्व परिवर्तन गर्दा भन्सार तथा राजस्व प्रशासनमा लामो समयदेखि कार्यरत क्याडरभन्दा मन्त्रालयबाहिर रहेका अधिकारीलाई ल्याएर जिम्मेवारी दिएको निर्णयलाई प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई