नेकपा (एमाले) का सांसद राजेन्द्र राईले सभामुख डीपी अर्याललाई ‘कान सुन्नुहुन्छ कि हुँदैन’ भन्ने प्रश्न सोधेपछि संसदमा लफडा भएको छ ।
बुधबार प्रतिनिधिसभामा बोल्ने क्रममा एमाले सांसद राईले भने, ‘सम्माननीय सभामुख महोदय सम्माननीय सभामुखलाई एउटा निवेदन गर्नुपर्यो, तपाईं कान सुन्नुहुन्छ कि हुन्न ? मेरो सभामुखलाई निवेदन हो ।’
सांसद राईले यति भनेपछि सभामुख अर्यालले रोके । ‘माननीय सदस्य मर्यादमा बस्नुहोला माननीय सदस्यलाई योभन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिनँ समय दिदिनँ बस्नुस् । माननीय सदस्य बस्नुस् । माननीय सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ । सभाको अपहेलना गर्दै हुनुहुन्छ बस्नुस्,’ सभामुख अर्यालले भने ।


