प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्तिका कारण सिमावर्ती क्षेत्रका नागरिकले मानसिक त्रास खेप्नुपरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आक्रोश जनाएको छ ।
सो दलकी सांसद प्रमिलाकुमारी गच्छदारले सुस्ता र ठोरीका नागरिक सीमापारीको चर्को दवाव र मानसिक त्रासमा बाँचिरहेको बताएकी हुन् । नेपालले भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्री साहको अभिव्यक्तिपछि यो अवस्था बनेको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपालीहरु सीमापारीको चर्को दवाव र मानसिक त्रास झेल्न बाध्य छन्’, गच्छेदारले आजको प्रतिनिधि सभा बैठकमा भनिन् ।
संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्रीलाई उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको उनले आज पनि ध्यानाकर्षण गराएकी छन् ।
त्यस्तै, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले पीडा दिएको भन्दै सांसद गच्छेदारले आपत्ति व्यक्त गरिन् ।


