प्रधानमन्त्री बालेनले व्यवसायीसँग भने– ‘निजी क्षेत्रलाई धरपकड गर्ने सरकारको नीति छैन’

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले निजीक्षेत्र, उद्योगी व्यवसायीलाई विश्वासमा लिने प्रयास गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटसँगै मौद्रिक नीति सार्वजनिक भएपछि लगत्तै निजीक्षेत्रका व्यवसायीहरूलाई सिंहदरबार डाकेर छलफल गरेका प्रधानमन्त्री बालेनले उद्योग व्यवसायीलाई नियन्त्रणमा लिने सरकारको कुनै उद्देश्य नभएको बताएका छन् ।

बैठकको छफलफलबारे जानकारी दिँदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले भने, ‘निजी उद्योगी व्यवसायीलाई पक्रिने, धरपकड गर्ने सरकारको कुनै नीति नभएको प्रधानमन्त्रीज्यूले बताउनुभएको छ ।’

यसअघि कहिल्यै पनि यसरी उद्योगी व्यवसायीलाई पक्रिने, थुन्ने नगरिएकोमा बालेन नेतृत्वको रास्वपा सरकार आएपछि निजीक्षेत्रमाथि सरकारले अप्रेसन नै चलाइरहेको प्रति छलफलमा उद्योगी व्यवसायीहरूले बहस उठाएका थिए ।

जवाफमा प्रधानमन्त्री बालेनले यसरी उद्योगी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने सरकारको कुनै उद्देश्य, नीति र नियति नभएको तर कानुनी प्रावधानहरूका कारण मात्र नियन्त्रणमा लिनुपरेको बताएका अध्यक्ष अग्रवालले जानकारी दिए ।

साथै, प्रधानमन्त्रीसँगको छलफलमा निजीक्षेत्रले व्यावसायिक वातावरण बनाउन सुझाव दिएको बताउँदै उनले सरकारी खर्च, पुँजीगत खर्च बढाउन अनुरोध गरेको पनि जानकारी दिए ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई