मार्कीचोक र मुलपानी सबस्टेसन सञ्चालनमा, एडीबी अध्यक्ष कान्दाले गरे उद्घाटन

काठमाडौं । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले सोमबार मार्कीचोक २२० केभी र मुलपानी १३२ केभी विद्युत् सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

भर्चुअल माध्यमबाट आयोजित उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योस तथा एडीबी अध्यक्ष कान्दा सहभागी थिए।

सरकारका अनुसार दुवै सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यकासहित उच्च विद्युत् माग भएका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय र स्थिर हुने अपेक्षा गरिएको छ। साथै प्रसारण तथा वितरण प्रणालीको क्षमता वृद्धि र विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धिमा पनि यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

उद्घाटनपछि अध्यक्ष कान्दाले नेपाल विद्युत् प्राधिकरणको वितरण कमाण्ड तथा कन्ट्रोल सेन्टर र एडीबीको वित्तीय सहयोगमा निर्माण गरिएको डेटा सेन्टरको पनि अवलोकन गरेका थिए।

अवलोकनका क्रममा उनले वास्तविक समयमा विद्युत् प्रणालीको निगरानी र प्रभावकारी डेटा व्यवस्थापनले नेपालको विद्युत् प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए। स्वच्छ ऊर्जा विस्तार र सीमापार विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपालले उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गर्दै एडीबीले आगामी दिनमा पनि ऊर्जा पूर्वाधार विकास, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा दक्षिण एसियामा क्षेत्रीय ऊर्जा सहकार्यलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नयाँ सबस्टेसन सञ्चालनमा आएसँगै नेपालको प्रसारण प्रणाली थप मजबुत, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। प्रसारण पूर्वाधार विस्तारले विद्युत् आपूर्तिको गुणस्तर सुधार्नुका साथै बढ्दो ऊर्जा माग व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भइरहेको लगानी र आधुनिक पूर्वाधार विकासले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने तथा आर्थिक समृद्धि, औद्योगिक विकास र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने धारणा राखे।

उनले सरकार ऊर्जा पूर्वाधार विस्तार, प्रसारण प्रणालीको आधुनिकीकरण र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने लक्ष्यमा प्रतिबद्ध रहेको पनि बताए।

एडीबीको सहयोगमा नेपालमा प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण, सबस्टेसन निर्माण, स्मार्ट प्रणाली विकास तथा अन्य ऊर्जा पूर्वाधार परियोजनाहरू कार्यान्वयन भइरहेका छन्। मार्कीचोक र मुलपानी सबस्टेसनको सञ्चालनलाई ती प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री

काठमाडौं। सेयर बजारमा बुधबार सामान्य बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा बुधबार सूचकसँगै सेयर कारोबार रकम