एसियन गेम्स क्रिकेट : क्वाटरफाइनल पुगे नेपालको भेट भारत वा श्रीलंकासँग

२२ भदौ, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ । समूह चरण पार गरेर अगाडि बढेमा नेपालको भेट भारत वा श्रीलंकामध्ये एक टोलीसँग हुनेछ  समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता भएमा श्रीलंकासँग खेल्नेछ ।समूह उपविजेता बनेमा नेपालको भेट भारतसँग हुनेछ । नेपालले यसअघि सन् २०२३ मा भएको एसियन गेम्समा पनि क्वाटरफाइनलमा भारतसँग खेलेर पराजित भएको थियो ।समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन् । हरेक समूहबाट शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्ने प्रावधान छ । यसपटक नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको थियो ।

News credit:www.onlinekhabar.com

Photos credit :can

Submit a Comment

Your email address will not be published. Required fields are marked *

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ । भारतीय विदेश सेवाबाट

महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा