बार्सिलोनाको फराकिलो जित, यमालको २ गोल

२१ भदौ, काठमाडौं । लामिन यमालको दुई गोल मद्तमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा यमाले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै ८४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरे । यमालले आठौं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन । यस्तै फर्मनि लोपेजले २२औं, कप्तान राफिन्हाले ५०औं र पेड्रीले ७९औं मिनेटमा गोल गरे । नयाँ सिजन उत्कृष्ट सुरुवात गरेको बार्सिलोनाले लगातार चौथो खेल जितेको हो । शतप्रतिशत जित हात पार्ने एक्लो टिम बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबा६ रियल मड्रिड र रियल बेटिसको ९-९ अंक छ ।

News credit: www.onlinekhabar.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई