बाढीपीडितको सहयोगार्थ काठमाडौंमा प्रा. डा. रमेशसिंह भण्डारीको ‘धन्यवाद’ कन्सर्ट

वरिष्ठ ग्यास्ट्रो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा रमेशसिंह भण्डारीले ठमेलस्थित क्लब नोभामा ‘धन्यवाद’ कन्सर्ट गरेका हुन् ।

काठमाडौँ — भोटेकोशी बाढीपीडितको सहयोगार्थ शनिबार साँझ काठमाडौंमा कन्सर्ट भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ ग्यास्ट्रो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा रमेशसिंह भण्डारीले ठमेलस्थित क्लब नोभामा ‘धन्यवाद’ कन्सर्ट गरेका हुन् । भण्डारीले कन्सर्टमा धन्यवाद…, मायालु भाका …, ओडेर पछ्यौरी…, जस्ता अन्य आफ्नै गीत र लालु पाते फुल्यो बनैमा…, खोला वारी खोला पारी…, गुरासै फुल्यो बनैमा जस्ता कभर गीतहरु गरी कुल २० गीतहरु गाएका थिए । भण्डारीले कन्सर्टको सुरुवात ‘धन्यवाद’ गीतबाट गरेर सोही गीतबाट कार्यक्रम अन्त्य गरेका थिए ।

विपत्तिमा खोज, उद्धारमा अहोरात्र खटिएका सेना, प्रहरीलगायतको योगदानको कदर गर्दै आयोजना गरिएको लाइभ कन्सर्टमा भण्डारीलाई गिटारिस्ट देव लामा, रोशन श्रेष्ठ र होस्ट सुगारीका केसीसहितका टिमले साथ दिएका थिए ।

कन्सर्टको टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उनले बताए ।

सौजन्य- www.ekantipur.com

Submit a Comment

Your email address will not be published. Required fields are marked *

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको

काठमाडौं । नेपाल फार्मेसी परिषद् सदस्य नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाप्रति नेपाल फार्मेसी संघले आपत्ति