काठमाडौंमा चुलो बाल्ने ग्यासकै संकट : मध्यरातदेखि लाइनमा उपभोक्ता, सडक अवरोधले थपियो सास्ती (फोटोफिचर)

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ। धादिङको कृष्णभिरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको आपूर्तिमा समेत असर परेको छ। खाद्यान्न आपूर्तिमा परेको असर तत्काल ठूलो रूपमा नदेखिए पनि पहिल्यैदेखि कायम रहेको खाना पकाउने ग्यासको अभाव भने सडक अवरोधसँगै थप चुलिएको छ। काठमाडौं उपत्यकातर्फ आउँदै गरेका ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक वस्तु बोकेका कतिपय सवारीसाधन बाटोमै रोकिएका छन्। सडक अवरुद्ध भएपछि काठमाडौंका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढेको छ। नयाँसडकस्थित धर्मपथ क्षेत्रमा समेत ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ। काठमाडौं र आसपासका क्षेत्रमा आपूर्ति हुने ग्यासका बुलेटसमेत नियमित रूपमा भित्रिन नसक्दा अभाव थप गहिरिएको व्यवसायीहरू बताउँछन्। ग्यासको समस्या काठमाडौंमा मात्र सीमित छैन। देशका प्रमुख सहरका ग्यास डिलरमा समेत उपभोक्ताको लाइन कायमै रहेको छ।

बढी मूल्य तिर्न तयार, ग्यास भने सहज छैन

ग्यासको मूल्य बढे पनि उपभोक्ताको माग घटेको छैन। बरु बजारमा अभाव भएपछि कतिपय उपभोक्ता बढी मूल्य तिर्नसमेत तयार देखिन्छन्। तर, बढी मूल्य तिर्न तयार हुँदा पनि सहज रूपमा ग्यास पाउने अवस्था छैन।ग्यास लिन कतिपय उपभोक्ता मध्यरातदेखि नै बिक्री केन्द्रमा लाइन लाग्न बाध्य भएका छन्। दुई महिनादेखि काठमाडौंका विभिन्न चोक तथा बिक्री केन्द्रमा देखिएको लामो लाइनले समस्या सामान्य आपूर्ति अवरोधभन्दा बाहिर गएको संकेत गरेको छ।

सडक नखुले थप संकटको जोखिम

पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा आउन नसके काठमाडौं उपत्यकामा ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति थप प्रभावित हुनसक्ने जोखिम छ।सम्बन्धित निकायले कृष्णभिरमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। तर सडक खुलाउन ढिलाइ भए ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति शृंखलामा थप दबाब पर्न सक्ने देखिएको छ।जनजीवन प्रत्यक्ष प्रभावित भइरहेका बेला लामो समयदेखि जारी ग्यास अभाव समाधान गर्न सरकारले तत्काल आपूर्ति व्यवस्थापनमा हस्तक्षेप गर्नुपर्ने उपभोक्ताको माग छ

 

 

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई