अमेरिकी विदेशमन्त्री रुबियोद्वारा रवि लामिछानेलाई टेलिफोन, भोटेकोशी बाढीको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई टेलिफोन गरी भोटेकोशी बाढीमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।विदेशमन्त्री रुबियोले बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दै नेपालका जनता र सरकारप्रति अमेरिकी सरकारको पूर्ण ऐक्यबद्धता रहेको बताएका छन् ।जवाफमा सभापति लामिछानेले नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधनहरू प्रभावकारी रूपमा परिचालन गरिरहेको जानकारी गराएका छन् । लामिछानेले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकहरूको सुरक्षा र संरक्षणप्रति पनि सरकार समान रूपमा प्रतिबद्ध रहेको कुरामा जोड दिएका थिए ।विपद्को यस कठिन समयमा नेपाललाई अमेरिकाले पुर्याएको सहयोगप्रति लामिछानेले आभार व्यक्त गरेका छन् भने रुबियोले पनि आवश्यकता अनुसार नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको बताएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको कदममाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बैंकका उच्च अधिकारीको पहिचान र आवाज नक्कल गरेर इटालीको