ग्यास अभावमा उद्योगमन्त्री यादवको आक्रोश : भन्छिन्–‘उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज हुँदैन’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा देखिएको एलपी ग्यास अभावप्रति आक्रोश व्यक्त गरेकी छन्। उनले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूसँग पटक–पटक आग्रह गर्दा पनि अपेक्षित सुधार हुन नसकेको बताउँदै उद्योगी र कर्मचारीतन्त्रप्रति असन्तुष्टि जनाएकी हुन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले उद्योगी तथा कर्मचारीले सरकारलाई नै हेप्ने अवस्था आएको बताइन्। ग्यास आपूर्ति तथा उद्योग क्षेत्र सुधारका लागि आफूले प्रयास गरिरहेको भए पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो थियो। ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूसँग हात जोडेर आग्रह गर्दा पनि समस्या समाधान हुन नसकेको उनले बताइन्। मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीमाथि कडाइ आवश्यक रहेको धारणा राखिन्। उनले उद्योगीहरूलाई नियमन नगरेसम्म बजारमा ग्यास आपूर्ति सहज हुन नसक्ने बताइन्। बैठकमा उनले नेपालमा आवश्यकताभन्दा बढी एलपी ग्यास उद्योग सञ्चालनमा रहेको दाबीसमेत गरिन्। हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिँदैन,’ मन्त्री यादवले भनिन्, ‘हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्न आवश्यक छ।’ मन्त्री यादवले ग्यास अभावको विषयमा उद्योगी मात्रै नभई सरकारी संयन्त्रमाथि समेत प्रश्न उठाइन्। सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै उनले प्रशासनिक संयन्त्रमाथि असन्तुष्टि व्यक्त गरिन्। ‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे?’ उनले प्रश्न गरिन्। आफू देश र जनताको हितमा काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट पर्याप्त सहयोग नपाएको मन्त्री यादवको गुनासो थियो। कर्मचारीले आफूलाई ‘म केही गर्न सक्दिनँ, यहाँभन्दा बढी गर्न सक्दिनँ’ भन्दै जवाफ फर्काउने गरेको उनले बताइन्। ग्यास आपूर्ति व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न उद्योगी, व्यवसायी तथा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताइन्। साथै, ग्यास उद्योगको संख्या, वितरण प्रणाली र बजार व्यवस्थापनमा समेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याइन्।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई