काठमाडौं । यस वर्षको विजया दशमीको टीकाको शुभसाइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादसैँको शुभसाइतअनुसार कात्तिक ४ गते विजया दशमी तथा देवी विसर्जन परेको छ।
सोही दिन बिहान १०ः२६ बजे टीकाको शुभसाइत रहेको समितिले जनाएको छ।
समितिका अनुसार, यस वर्ष असोज २५ गते आइतबार बिहान ११ः४७ बजे नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे फूलपाती भित्र्याउने साइत रहेको छ।
त्यस्तै, कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे महाष्टमी र कात्तिक ३ गते मंगलबार महानवमी परेको समितिले जनाएको छ।
विजया दशमीका दिन टीका लगाउँदा टीका लगाउने व्यक्तिले पश्चिम मोहडा गरेर बस्नुपर्ने समितिले जनाएको छ।


