दसैँमा नयाँ पैसा लिन सजिलो : एटीएमबाटै १०० रुपैयाँका नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधिका एटीएममार्फत १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै नयाँ नोटबारे अनावश्यक प्रचार नगरी चाडपर्वका लागि राष्ट्र बैंक तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिए।

उनका अनुसार पैसा सटही गर्ने काम नियमित प्रक्रियाअन्तर्गत हुने भएकाले यसका लागि छुट्टै सूचना जारी गर्न आवश्यक नरहेको बताए।

प्रवक्ता पौडेलले असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट वितरण भइरहेको जानकारी दिए।

उनले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्वलाई लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास भइरहेको बताए।

पौडेलका अनुसार भदौ ३१ गतेसम्म मुलुकमा ‘करेन्सी इन सर्कुलेसन’ ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैँका बेला उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको उनले बताए।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई