चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ व्यक्ति तथा नातेदारका घरमा छापा मारेको छ ।

विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विभागको टोलीले जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारेको हो ।

स्रोतका अनुसार, जबराका केही नातेदारको घरमा समेत विभागको टोली पुगेको छ । उनका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि छापा मारिएको स्रोतले जनाएको छ ।

जबराका निकटस्थ व्यक्तिका घरमा छापा मार्ने क्रममा महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको बताइएको छ ।

केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै घरबाट मध्यराति पक्राउ गरेको थियो । उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेर छाडिएको थियो ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई