रियल र सिटीको विजयी सुरुआत

काठमाडौँ — रियल म्याड्रिड फर्केयता जोसे मोउरिन्होले युरोपेली च्याम्यिन्स लिगमा मंगलबार विजयी सुरुआत लिएका छन् । रियलले इन्टर मिलानलाई २–१ ले हराएको हो । नयाँ सिजनको पहिलो दिन म्यानचेस्टर सिटीले पोर्टोलाई २–० ले हरायो र त्यसमा इर्लिङ हालान्डले दुई गोल गरे । बोरुसिया डर्टमुन्ड र एस्टन भिल्ला पनि विजयी रहे ।

सान्टियागो बर्नाबाउमा रियलले किलियन एमबापेको गोलले अग्रता लिएको थियो । त्यसपछि फेडरिको भाल्भेरडेले दोस्रो गोल थपे । इन्टरका लागि कार्लोस अगस्टोले एक गोल फर्कार्ए । कीर्तिमान १५ पल्टको विजेता रियलका लागि एमबाप्पेले गरेको गोल च्याम्पियन्स लिगमा ७१ औं रह्यो । हालान्डले भने एन्जो मारेस्काका लागि दोस्रो हाफमा दुई गोल गरे । उनले च्याम्पियन्स लिगमा गरेको गोल संख्या भने ५९ पुगेको छ । घरेलु प्रिमियर लिगमा खराव लयमा रहेको भिल्लाले क्लब ब्रुगलाई ३–२ ले हरायो । डर्टमुन्ड भने भिल्लारियलमाथि ३–२ ले नै विजयी रह्यो । रियल बेटिसले पनि दस खेलाडीमा सीमित लिलमाथि ३–२ को नै जित निकाल्न सफल रह्यो । बेटिस २१ वर्षको अन्तरालपछि च्याम्पियन्स लिग खेलिरहेको छ । यस्तै अर्को खेलमा एईके एथेन्सले एलएएसकेलाई १–० ले हरायो ।

News credit:ekantipur.com

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई