नेपालका बाढीपीडितलाई आर्सनल फाउन्डेसनको सहयोग

काठमाडौँ — इंग्लिस फुटबल क्लब आर्सनलले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार प्रयासमा सहयोग गर्ने जनाएको छ । आर्सनलले विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेको छ । विशेषगरी ज्यान गुमाएका परिवार, आफन्तको अवस्थाबारे अझै जानकारीको पर्खाइमा रहेका परिवार तथा कठिन परिस्थितिमा उद्धार र राहतमा खटिएका आपत्कालीन टोलीप्रति क्लबले सम्मान व्यक्त गरेको छ । नेपाल तथा विश्वभर रहेका आर्सनल समर्थकले पनि यो विपत्तिलाई गहिरो रूपमा महसुस गरेको क्लबले जनाएको छ । आर्सनल फाउन्डेसनले परोपकारी साझेदार संस्था ‘सेभ द चिल्ड्रेन’सँग मिलेर नेपालका बाढीपीडितका लागि छुट्टै कोष संकलन अभियान सञ्चालन गरिरहेको जनाएको छ । सेभ द चिल्ड्रेनले स्थानीय साझेदार संस्थासँग सहकार्य गर्दै बाढी प्रभावित बालबालिका तथा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन नेपालमा काम गरिरहेको छ । आर्सनलले समर्थकलाई पनि राहत अभियानमा सहयोग गर्न आग्रह गरेको छ । यसैबीच, यूईएफए च्याम्पियन्स लिगअन्तर्गत यसै साता नापोलीविरुद्ध हुने खेलअघि आर्सनलले नेपाल बाढीका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने जनाएको छ । यूईएफएअन्तर्गतका अन्य क्लबहरूसँगै खेलअघि एक मिनेट मौनधारण गरिने क्लबले जनाएको हो ।

News credit ::ekantipur.com

 

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई