‘मालढुङ्गा पुल पश्चिम नेपालको लाइफलाइन हो’, जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्नेमा उद्योगी ढकालको जोड

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढीबाट क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार साँझ पुलको स्थलगत अवलोकन गर्दै ढकालले मालढुङ्गा पुल पश्चिम नेपालको पर्यटन, व्यापार तथा आयात–निर्यातका लागि महत्वपूर्ण भएकाले मर्मतको काम तीव्र बनाउनुपर्ने बताए ।

‘मालढुङ्गा पुल राष्ट्रिय महत्वको संरचना हो । यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने, ‘कामको प्रगति पनि राम्रै भइरहेकाले चाँडै निर्माण हुने देखिएको छ ।’

ढकालका अनुसार मालढुङ्गा पुल बागलुङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण संरचना हो । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको संगमस्थलसमेत रहेकाले यसको आवागमनमा ठूलो महत्व छ ।

पुल सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकार र व्यवसायीलाई यात्रु तथा पर्यटकलाई वैकल्पिक सडकबारे पर्याप्त जानकारी गराउन आग्रह गरे ।

सडक डिभिजन कार्यालय पोखराका अनुसार पुललाई आगामी दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मतको काम भइरहेको छ । पुलको पहुँचमार्गको करिब ३० मिटर सडक बाढीले क्षति पुर्‍याएपछि दुई जिल्लाबीचको आवागमन प्रभावित भएको थियो ।

हाल बागलुङ बजार पुग्न मालढुङ्गा–बेनी हुँदै तथा पर्वतको फलेवास–जैमिनीघाट हुँदै जाने वैकल्पिक मार्ग प्रयोग भइरहेको छ । वैकल्पिक मार्गबाट खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थलगायत सामग्रीको आपूर्ति भइरहेको व्यवसायीहरूले बताएका छन् ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि सुवेदीले मर्मतको काम २४सै घण्टा भइरहेको जानकारी दिँदै दसैँअघि नै पुल सञ्चालनमा आउने बताए । इन्जिनियर अमर अधिकारीका अनुसार जियोब्याग र जियोग्रेड प्रविधि प्रयोग गरी मर्मत भइरहेको छ ।

मालढुङ्गा पुल प्रभावित भएपछि मध्यपहाडी लोकमार्ग हुँदै बागलुङसँग रुकुम र रोल्पाको सडक सम्पर्कसमेत प्रभावित भएको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई