कोरिया पठाउने भन्दै २ वर्षदेखि अलपत्र पार्ने कन्सल्टेन्सी सञ्चालक टिकटक भिडियोमार्फत पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाएर एक युवालाई दुई वर्षदेखि बिचल्लीमा पार्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली आश्वासन दिएर विदेशमा अलपत्र पारेको पीडा एक आमाले टिकटक मार्फत सार्वजनिक गर्दै प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष न्याय तथा कडा कारबाहीको गुहार लगाएपछि यस घटनाले तीब्र चर्चा पाएको थियो, जसको लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले अनुसन्धान तीव्र पार्दै आरोपीलाई नियन्त्रणमा लिन सफल भएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २८ वर्षीय गणेश पाण्डे रहेका छन् । उनी ‘न्यु सफल ग्लोबल कन्सल्टेन्सी’ का सञ्चालक हुन् ।

वैदेशिक रोजगारीमा आकर्षक अवसरको सपना देखाएर युवाहरूलाई ठगी गर्ने र लामो समयसम्म विदेश वा नेपालमै अलपत्र पार्ने प्रवृत्ति बढिरहेको बेला पाण्डेमाथि गम्भीर ठगीको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित परिवारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सक्रिय बनेको सुरक्षा निकायले ठगी धन्दा चलाउने व्यक्तिहरूलाई कानुनको दायरामा ल्याउन यो सफलता हात पारेको हो।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई