फर्जी क्याबिनेट निर्णय देखाएर इजरायल पठाउने भन्दै साढे २ करोड ठगी : प्रधानमन्त्रीका सल्लाहकारको नाममा फर्जी कागजात, सीआईबीले माग्यो पीडितसँग जाहेरी

काठमाडौँ । जीटूजी प्रक्रियामार्फत इजरायलमा केयरगिभरका रूपमा पठाइदिने प्रलोभन देखाएर साढे २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध नेपाल प्रहरीले पीडितहरूलाई जाहेरी दिन आह्वान गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ परेका व्यक्तिहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग आफ्नो निकट सम्बन्ध रहेको दाबी गर्दै मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने भन्दै ठगी गरेको जनाएको छ । सीआईबीले आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन पीडितहरूलाई आग्रह गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्दै आएका ५९ वर्षीय भरत चौलागाईँ, दोलखाकी बालिका शिवाकोटीसहित चार जना छन् । चौलागाईँ नेपाली कांग्रेससँग आबद्ध नेता र शिवाकोटी कांग्रेससम्बद्ध नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य रहेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार सन् २०२४ मा इजरायलमा केयरगिभर रोजगारीका लागि सञ्चालन भएको परीक्षामा उत्तीर्ण भएर प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीहरूलाई लक्षित गरी उनीहरूले योजनाबद्ध रूपमा ठगी गरेका थिए । उक्त परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भएकामध्ये १ हजार १५२ जना प्रतीक्षा सूचीमा थिए ।

प्रतीक्षा सूचीमा रहेका युवाहरूलाई तत्काल इजरायल पठाइदिने भन्दै गिरोहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित फर्जी कागजातसमेत देखाएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

पहिलो चरणमा १५६ जना युवालाई इजरायल पठाउने भन्दै उनीहरूबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुल गरिएको सीआईबीको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाबाट प्राप्त पत्र तथा पीडित विमल पराजुलीले दिएको जाहेरीका आधारमा सीआईबीले घटनाको अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा संगठित रूपमा ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेपछि चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी तथा आपराधिक विश्वासघात र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सीआईबीले घटनासँग सम्बन्धित अन्य पीडितहरूलाई समेत आफूले तिरेको रकमको प्रमाण, रसिद, बैंक कारोबार तथा अन्य उपलब्ध कागजातसहित यथाशीघ्र जाहेरी दिन आग्रह गरेको छ ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई